शुक्रबार, चैत्र १६, २०८०

कोभिड कहरकावीच : आज घरघरमा फूलपाती भित्र्याइँदै , नेपाली सेनाको फूलपाती बढाइँ प्रतीकात्मक हुने

काठमाडौं कार्तिक ७,

आज वडादसैंको सातौं दिन । अर्थात हिन्दू धर्मावलम्बीहरुले आआफ्नो परम्पराअनुसार आज अपराह्न घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष सहितको फुलपाती घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा भित्र्याइँदैछ

मुलत यसरी भित्र्याइने फुलपातीमा देवी नवदुर्गाका सहायक ब्रह्माणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकरहिता र कात्तिकीदेवीको आह्वान गरी पूजा गरने सास्त्रीय मान्यता रहिआएको छ।

विगतका वर्षमा जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक झाँकी सहित फूलपाती ल्याउने प्रचलन रहेको थियो । तर यसपटक कोभिड कहरका कारण विधि मात्र पूरा गरिने हनुमानढोका हेरचार कार्यालयले जनाएको छ ।
यसैवीच फुलपातीको अवसरमा राष्टाध्यक्षको उपस्थितीमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह पनि धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले प्रतीकात्मकरूपमा मात्र आयोजना गरिने भएको छ ।  फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका ६ जना र त्यहाँबाट काठमाडौंको जमलसम्म ६ जना ब्राह्मणले ल्याउने चलन छ । त्यस्तै फुलपातीको दिन आज देशभरका शक्तिपिठमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।