बिहिबार, चैत्र १५, २०८०

‘कुलेश्वर उद्यान’ शिलान्यास गर्दै महानगर प्रमुख शाक्यले भने- पशुपतिमा थप ३ विद्युतीय शवदाह गृह निर्माण गर्दैछौं

काठमाडौं असोज २६,

महानगर प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर उद्यान’ शिलान्यास गर्दै महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप ३ यन्त्रसहितको विद्युतीय शवदाह गृह निर्माणको कार्ययोजना तय भएको बतानु भएकोछ। त्यस्तै महानगर शाक्यले केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण थालनी गरिने समेत बताउनुभएको छ ।

त्यस्तै सार्वजनिक जग्गाको संरक्षणकै लागि महानगरले कामपा वडा न १४ कुलेश्वर महादेव मन्दिर परिसर स्थित ९ रोपनी क्षेत्रफलमा रु १ करोड २० लाखको लगानीमा निर्माण हुने लागेको जानकारी सहित यपत्यकामा बढ्दोका कोभिड सङ्क्रमणको अवस्थालाइ कावु वाहिर जान नदिन तीनै तहका सरकार र जनता मिलेर नियन्त्रण प्रयासमा लाग्न जरुरी रहेको समेत बताउनुभयो ।