बिहिबार, बैशाख १३, २०८१

कुखुराको फाममा प्रहरीको छापा ,२ लाख २३ हजार नगदसहित ५ जुवाडे पक्राउ

काठमाडौं कार्तिक १२ ,
गौरीगंगा नगरपालिका वडा नं. ६ स्थित कुखुराको फर्मभित्र तास खेलिरहेको अवस्थामा ५ जना जुवाडेलाइ गोप्य सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयको टोलीले मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६० वर्षीय भक्त बहादुर शाही, ३६ वर्षीय रंग साउँद, ४२ वर्षीय राम बहादुर साउँद, ४५ वर्षीय डम्बर शाही र ५२ वर्षीय वीर बहादुर साउँद रहेको प्रहरीले जनाएको छ।

त्यस्ते प्रहरीका अनुसार पक्राउ परेका जुवाडेलाइ तास खेलिरहेको अवस्थामा नगद २ लाख २३ हजार ५ सय रुपैयाँ र २ गड्डी तास सहित फेला पारी पक्राउ गरेको जनाएकोछ ।