शनिबार, बैशाख ८, २०८१

कार्तिक २१ का लागि कांग्रेस केन्द्रीय समितिको बैठक आव्हान

काठमाडौं कार्तिक १३ ,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि दुइ पटक स्थगित  भएको केन्द्रीय समितिको बैठक कार्तिक २१ गते बस्ने भएको छ ।
मुलत समसामयिक राजनीतिक परिस्थिती र पार्टीको १४ औं महाधिवेशनको तयारीको मुल विषयवस्तु केन्द्रीत हुने बताइएको केन्द्रीय समितको बैठक गत असोज १९ गते बोलाइएमा छ जना केन्द्री सदस्यलाइ कोभिड संक्रमण पुष्टि भएसंगै स्थगित भएको थियो ।

त्यस लगत्तै पुन  असोज २५ को बैठक आवन गरिएपनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधनका कारण बैठक स्थगित भएको थियो ।
तर अव कार्तिक कार्तिक २१ मा वोलाईएको बैठकले प्रस्तावित सम्पूर्ण एजेन्दामा नितिगत छलफल सहित फागुन ७ मा हुने भनिएको आसन्न पार्टीको महाधिवेशनको कार्यतालिका हेरफेर संगै नेकपा सरकारको गलत कामकारवाहीको विरोध लगायतका सवै विषयमा सम्बोधन गर्ने तयारी रहेको काँग्रेस मुख्याललयले जनाएको छ ।