शनिबार, बैशाख ८, २०८१

काठमाडौ उपत्यकामा थप १ हजार ४०९ जनामा कोभिड संक्रमण पुष्टि

उपत्यकामा ३ को मृत्यु : 

काठमाडौं असोज २३
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप १ हजार ४०९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पुष्टि भएका संक्रमित मध्ये काठमाडौमा ११ सय१६ जना, भक्तपुरमा १३० जना र ललितपुरमा १६३ जना गरी कुल १ हजार ४०९ जना रहेको जनाएको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालका आइसीयूमा ३१८ र भेन्टीलेटरमा ७५ जनाको उपचार भइरहेको छने देशभर थप १० जना संक्रमितको मृत्यु भएसंगै मृत्यु हुनेको सख्या ६ सय पुगेको छ ।
साथै पछिले २४ घण्टामा देशभर थप १ हजार ६ सय ८० जना संक्रमित उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ७३ हजार २३ पुगेको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा ३ को मृत्यु :  मृत्यु हुनेमा काठमाडौका ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष र ललितपुरको ८४ वर्षीय संक्रमित रहेका छन ।