शुक्रबार, चैत्र १६, २०८०

काठमाडौ उपत्यकामा आज थप २ हजार २८३ जनामा कोभिड संक्रमण

काठमाडौ असोज २६,
बढ्दो कोभिड महामारीको रफ्तारसंगै काठमाडौ उपत्यकामा आज थप २ हजार २८३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पहिचान भएका संक्रमित मध्ये काठमाडौमा १८सय ८८ जना, ललितपुरमा २७७ जना र भक्तपुरमा ११८ जना रहेको जनाएको छ।

त्यस्तै कोभिड संक्रमणका कारण देशभर महिला र ७ जना पुरुष गरि थप ९ जना संक्रमितको मृत्यु भएको छ । यो संगै संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।