बुधबार, बैशाख १२, २०८१

काठमाडौंमा मात्र ४३ हजार ३०६ जना संक्रमित भक्तपुर र ललितपुरमा कति ?

काठमाडौं कार्तिक २,
काठमाडौं उपत्यकामा मात्रै कोभिड संक्रमितको संख्या ५३ हजार नाघेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५३ हजार ६ सय ८९ पुगेको हो। यसमध्ये महिलाको सख्या २० हजार १सय८३ रहेका छन भने पुरुषको सख्या ३३हजार ५सय ६ जना रहेका छन ।

यसमध्ये पनि काठमाडौं जिल्लामा मात्र ४३ हजार ३०६ जना ,ललितपुरमा ६ हजार ८१ र भक्तपुरमा ४ हजार ३४३ जना संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यस्तै संक्रमितमध्ये हालसम्म २५ हजार ९७४ जना उपचारपछि डिस्चार्ज भएका छन भने १ सय ५६ जनाको मृत्यु भएको छ। साथै मन्त्रालयका अनुसार संक्रिय कोभिड संक्रमितको हकमा उपत्यकामा  काठमाडौंमा १२हजार ४४१ , ललितपुरमा २ हजार १६ र भक्तपुरमा १ हजार १२६ जना सक्रिय संक्रमित रहेको उल्लेख गरिएकोछ ।