शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगनलाई कोभिड संक्रमण

काठमाडौं असोज १७,
नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोभिड संक्रमण भएको छ।  कांग्रेसको समेमवार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरुको पीसीआर टेष्ट गरेको थियो । त्यसमा केही नेतालाई संक्रमण पुष्टि भएको हो ।

आफूलाई कोभिड संक्रमण भएको तर स्वास्थ्य अवस्था सामान्य रहेको थापाले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

आफू होम आइसोलेसनमा रहेको भन्दै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन र कुनै समस्या आए स्वास्थ्यकर्मीसँग परामर्श लिन आग्रह गरेका छन् ।