शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा मात्र थपिए २ हजार ४०२ कोभिड संक्रमित

काठमाडौं असोज ३०,
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षणको क्रममा थप ४ हजार ३९२ जनामा कोभिड संक्रमण देखिएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा थप २ हजार ४०२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौमा १ हजार ७८४ जना, भक्तपुरमा २४४ जना र ललितपुरमा ३४४ जना गरी कुल २ हजार ४०२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यहि अवधीमा ३ हजार ५२२ जनाले कोभिड जितेर मुक्त भएका छन् । यो संगै देशभर संक्रीय संक्रमितको संख्या ३७ हजार ३८२ जना पुगेको छ ।
त्यस्तै ३५सय२२ जना संक्रमित उपचार पछि डिस्चार्ज भएसंगै संक्रमण मुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको पनि मन्त्रालयले जनाएको छ। यसैवीच देशभर थप २१ जना कोभिड संक्रमितको मृत्यु भएसंगै कुल मृतकको सख्या ७ सय १५ पुगेको जनाएको छ।

री