शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा थप १ हजार ६९८ जनामा कोभिड संक्रमण

काठमाडौ कार्तिक २,
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यका थप १ हजार ६९८ जनामा कोभिड संक्रमण देखिएको छ । यसमध्ये काठमाडौमा १ हजार ४६९ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १३० जना गरी १ हजार ६९८ जना रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै आज देशभर २ हजार ३२६ जना डिस्चार्ज भएका छन भने आइसीयूमा ३ सय १ र भन्टीलेटरमा ६६ जना उपचार भइरेको मन्त्रालयले जनाएको छ। साथै देशभर थप १२ जना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ ।