शनिबार, बैशाख ८, २०८१

उपत्यकामा थपिए १७०२ जनामा संक्रमित

काठमाडौ कार्तिक ४,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण्को क्रममा थप ३ हजार ९३ जना कोभिड संक्रमित थपिएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमध्ये काठमाडौ उपत्यकामा थप १७सय०२ जनामा संक्रमण देखिएको छ । जसअनुसार काठमाडौमा १ हजार ४३१ जना, भक्तपुरमा १४८ जना र ललितपुरमा १२३ जना गरी कुल १७सय०२ जना रहेको मन्त्रालयले जनाएके छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ रहेको जनाउदै मन्त्रालयले देशभर थप २ हजार १ सय ८ जना उपचारपछि डिस्चार्जभएसंगै डिस्चार्जहुनेको कुल संख्या ९६ हजार ६ सय ९ पुगेको जनाएको छ ।