शनिबार, बैशाख ८, २०८१

उपत्यकामा आज थप १ हजार १ सय १० जनामा कोभिड संक्रमण

काठमाडौ कार्तिक ८,
पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८ सय ४६ जनाको पीसीआर परीक्षणको क्रममा देशभर थप २ हजार २ सय २५ जनामा कोभिड संक्रमण देखिएको छ ।

यस मध्येकाठमाडौ उपत्यकामा आज थप १ हजार १ सय १० जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौमा ८३२ जना, भक्तपुरमा १०२ जना र ललितपुरमा १७६ जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज थप २ हजार ८ सय ४६ जना कोभिड संक्रमित उपचापछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।