शनिबार, बैशाख ८, २०८१

उपत्यकामा आजमात्रै थपिए २६ सय ७२ जना कोभिड संक्रमित

काठमाडौ असोज २४,

पछिल्लो २४ घण्टामा देशरभरका विभिन्न प्रयोगशालामा १९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण गर्नेक्रमममा काठमाडौ उपत्यकामा मात्र थप २ हजार ६ सय ७२ जना कोभिड संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौमा २ हजार १ सय जना, भक्तपुरमा २ सय ३ जना र ललितपुरमा ३ सय ६९ जना गरी कुल २ हजार ६ सय ७२ जनामा संक्रमण पुष्टि गरेको हो ।

त्यस्तै नेपालमा कोभिड संक्रमणबाट थप १४ जनाको मृत्यु भएसंगै नेपालमा मृत्यु हुनेको संख्या ६१४ पुगेको मन्त्रालयले जनाएको छ।