बुधबार, बैशाख १२, २०८१

उपत्यकाका ७ सहित १५ संक्रमितको मृत्युसंगै थपियो १ हजार ६८४ जना संक्रमित

काठमाडौ असोज २१,
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा आज थप १ हजार ६८४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौँमा १ हजार २९६ ललितपुरमा २९३ जना र भक्तपुरमा ९५ जना गरी कुल १ हजार ६८४ जनामा संक्रमण पुष्टि भएको जनाएकोछ ।

त्यस्तै २३३ जना आइसीयूमा र ३७ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको बताउदै मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार १२६ जना कोभिड संक्रमित उपचार पछि डिस्चार्ज भएको जानकारीदिदै आज डिस्चार्ज भएको संक्रमित संगै कुल संख्या ६८ हजार ६ सय ६८ पुगेको जानकारीदिएको छ।

त्यस्तै उपत्यकाका ७ सहित देशभर थप १५ जना संक्रमितको मृत्यु भएसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको मन्त्रायले जनाएको छ ।काठमाडौं उपत्यकामा मृत्यु हुनेमा  काठमाडौको ६६ , ७२, ४५, ५३, ६४, ६९ वर्षीय, र ललितपुरको ४६ वर्षीय संक्रमित रहेका छन ।