मङ्लबार, बैशाख ११, २०८१

उपत्यकाका १३५७ सहित थप २५०८ जनामा कोभिड संक्रमण , मृतकको सख्या ९३७ पुग्यो

 काठमाडौं कार्तिक १५,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५०८ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कोभिड संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २२६४ जना कोभिड संक्रमण मुक्त भएर डिस्चार्ज भएसंगै संक्रमण मुक्त हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ भने संक्रमणबाट थप १७ जनाको मृत्यु भएसंगै मृतकको सख्या ९३७ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैवीच आज पहिचान भएका कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकाका १ हजार ३५७ जना रहेको जनाउदै मन्त्रालयले यसमध्ये काठमाडौमा १ हजार ११३ जना, ललितपुरमा १९५ र भक्तपुरमा ४९ जना रहेको जानकारी दिएकोछ ।

साथै उपत्यकामा सक्रिय संक्रमितको संख्या २० हजार ३४४ रहेको र त्यसमध्ये काठमाडौँ जिल्लामा १६ हजार ८९० जना, भक्तपुरमा १ हजार १५१ जना र ललितपुरमा २ हजार ३०३ जना रहेको जानकारी दिएकोछ ।