बुधबार, बैशाख १२, २०८१

आज उपत्यकामा थपिए १ हजार ५५२ जना संक्रमित

काठमाडौ कार्तिक ६,

देशभरका विभिन्न प्रयोगशालामा १५ हजार २५५ जनाको पीसीआर परीक्षणका क्रममा देशभर थप ३ हजार ६३७ जनामा कोभिडसंक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।

त्यस्तै आज पहिचान भएका संक्रमित मध्ये काठमाडौ उपत्यकामा थप १ हजार ५५२ जनामा कोभिड संक्रमित रहेको जनाएकोछ । यसमध्ये काठमाडौमा १ हजार २८३ जना, भक्तपुरमा ११२ जना र ललितपुरमा १५७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज देशभर ३ हजार २१५ जना संक्रमित उपचारपछि डिस्चार्जभएसंगै कुल संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ ।।मन्त्रालयका अनुसार देशभरका बिभिन्न अस्पतालका आइसीयूमा २९० र भेन्टीलेटरमा ७७ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।