शुक्रबार, बैशाख ७, २०८१

आजमात्रै उपत्यकामा थपियो १ हजार ९३५ जना कोभिड संक्रमित

ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी

काठमाडौ असोज २९, २४ घण्टामा विभिन्न प्रयोगशालामा १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षणको क्रममा थप ३ हजार ७ सय ४९ जनामा कोभिड१ संक्रमण देखिएसंगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ ।

त्यस्तै आज पहिचान भएका कोभिड संक्रमित मध्ये काठमाडौ उपत्यकामा १ हजार ९३५ जना रहेको मन्त्रालयले जनाएकोछ । मन्त्रालयका अनुसार आज काठमाडौमा १ हजार ६९३ जना, भक्तपुरमा १३४ जना र ललितपुरका १०८ जना रहेको जनाएको छ ।

त्यसैगरी देशभर थप ३ हाजार ५ सय ६४ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ८४ हजार ५ सय १८ पुगेको जनाउदै मन्त्रालयले ३१४ जना आइसीयूमा ६८ जनाको र भेन्टीलेटरमा ६८ उपचार भइरहेको जनाएको छ । साथै देशभर थप १९ जना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको छ ।

यसैवीच ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई हजार ५०७ सक्रिय सङ्क्रमित रहेको ललितपसरम संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930