शुक्रबार, बैशाख १४, २०८१

अध्यक्षद्वयले घुस खाएको प्रमाण सार्वजनिक रूपमा पेश गर्न डा.भट्टराईलाई नेकपाको चुनौती

काठमाडौ असोज २८,

सत्तारुढदल नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनामा घुस बाँडेर खाएको भन्ने नेकपाले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आरोपलाइ पुष्टि गर्न चुनौती दिएको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गर्दै घुस खाएको प्रमाण सार्वजनिक रूपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्नसमेत डा भट्टराईलाई चुनौती दिएको छ ।

त्यस्तै विज्ञप्ति नेकपाले सस्तो लोकप्रियताका लागि राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यस प्रकारको आपत्तिजनक एवं गैरजिम्मेवार रहेको भन्दै कपोकल्पित अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमा याचना हुनु र भ्रमको खेती नगर्न समेत भनिएको छ।

त्यस्तै अध्यक्षद्वय ओली र प्रचण्डले बूढीगण्डकी परियोजनामा  रकम घुस खाएको भन्ने बाबुरामको अभिव्यक्ति आधारहीन, झुठ, गलत र दुरासयपूर्ण रहेकोले खारेज गरिएको जनाउ सहित नेकपाका प्रवक्ता श्रेष्ठले यदि प्रमाण छ भने सार्वजनिक गर्न चुनौती दिएको छन ।यसअघि काँग्रेसले पनि डा भट्टराईलाई यसतै चुनौती दिएको  थियो ।

स्मरण रहोस डा भट्टराईले गोरखामा आयोजित एक कार्यक्रममा ओली, दाहाल र कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेर बूढीगण्डकी परियोजनामा ९ अर्ब कमिसन बाँडेर खाएको आरोप लगाउदै आवश्यक परे त्यसको प्रमाण दिन पनि पछि नपर्ने जनाउ दिएको थियो ।