बिहिबार, बैशाख १३, २०८१

अग्रपंक्तिमा खटिने कर्मचारी वाहेक अन्यको उपचार खर्च सरकारले नव्यहोर्ने

काठमाडौ कार्तिक २,

अति अपांगता, जेष्ठ नागरिक, सरसफाईकर्मी , सुरक्षाकर्मी र अग्रपंक्तिमा खटिने कर्मचारी वाहेक अन्यको  कोभिड उपचार खर्च सरकारले नव्यहोर्ने भएको छ । आइतबार बसेको स्वास्थ्य मन्त्रालयको बैठकले अस्पताल भर्ना भएका कोभिड सङ्क्रमितबाट उपचार खर्च लिने निर्णय सहित यस्तो निर्णय गरेको हो ।

आजको कोभिड मिडिया विफ्रिङ्गमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यसअघि संक्रमितको निःशुल्क परीक्षण तथा उपचार गर्दै आएको आएपनि अवदेखि सबै सरकारी तथा निजी अस्पतालले अव उपरान्त कोभिडको परीक्षण तथा उपचारका लागि शुल्क लिने जानकारी दिएका छन ।

त्यस्तैप्रवक्ता गौतमले सरकारले खर्च व्यहोर्ने संक्रमितको समेत बीमा गरेको भएमा बीमाबाट परीक्षण तथा उपचार खर्च कटाउने निर्णय गरेको जनाउ दिदै त्यस्तै सरकारले सबै निजी, सामुदायिक तथा मेडिकल कलेज तथा सरकारी अस्पतालले कुल शैय्याको ५० प्रतिशत शैय्या कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिनुको अलावा लक्षण नभएका कोभिड संक्रमितलाई अस्पतालबाट १० दिनमा डिस्चार्ज गर्ने निर्णय समेत गरेको छ ।

यसरी डिस्चार्ज भएपछि अनिवार्य साताव्यापी होम आइसोलेसनमा बस्नुपर्ने व्यवस्था गरेको छ। साथै प्रयोगशालाहरुलाई दसैंको माहा नबमी, दशमी र एकादशी ३ दिनबाहेक नियमित सेवा सञ्चालन गर्न समेत  मन्त्रालयले निर्देशन दिएको छ ।