काठमाडौ कार्तिक १४,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १४ हजार ९ सय ८९ जनाको पीसीआर परीक्षणको क्रममा थप ३ हजार ५ सय १७ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी देशभर थप ४ हजार ९६ जना संक्रमित कोभिड मुक्त हुँदै डिस्चार्जभएसंगै संक्रमण मुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।
त्यस्तै क्वारेनटिनमा २ हजार ६ सय ६६ जना , आइसोलेसनमा ३८ हजार ३ सय ५७ जना रहेको मन्त्रालयले जनाएको छ। यसैवीच आज पहिचान भएका कोभिड संक्रमित मध्ये काठमाडौ उपत्यकामा थप १८८८ जना रहेको यसमध्ये काठमाडौमा, १५०८ जना, ललितपुरमा २४९ जना र भक्तपुरमा १३१ जना नयाँ नया संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
देशभर थप १६ जना संक्रमितको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ । साथै पछिल्लो प्राप्त डेटा अनुसार काठमाडौमा १६ हजार २४२ जना, भक्तपुरमा १ हजार १६५ जना र ललितपुरमा २ हजार ३४५ जना कोभिडका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।