शुक्रबार, चैत्र १६, २०८०

MDH फर्मास्युटिकल्सको प्रष्टोक्ति : विभागको परीक्षण प्रणालीनै गलत

काठमाडौं  असोज ४ ,

मिति २०७७ भाद्र २९ गते यस न्यूज  पोर्टलमा अकर्मण्यता सहित औषधि व्यवस्था विभाग दवाव र प्रभावको सिकन्जामा भन्ने मुल शिर्षकमा शिर्षक र किन कार्यान्वयन भएन  ३ /२४ को  पत्र ?   उत्पादककोमा  पुग्नु अगावै  पत्र नै  गायव, बजारमा  गुणस्तरहिन स्यानीटाजरको  निर्वाद विगविगी,उपशिर्षकमा प्रकाशित समाचार प्रति स्यानिटाइजरका सरोकारवाला उत्पादक एमडिएच   फर्मास्युटिकल्सको तर्फबाट प्रकाशित समाचारको खण्डन सहित प्रष्टोक्ति प्राप्त भएको छ ।

हामीलाइ नेपाल औषधि  उत्पादक संघका पूर्व अध्यक्ष  समेत रहेका एमडिएच फर्मास्युटिकल्सका औषधि व्यवसायी  दिपक दाहालको तर्फबाट प्राप्त प्रष्टोक्तिमा समाचारको अन्र्तवस्तु अन्र्तगत मिति   २०७७ /३ /२२ को  विभागीय निर्णय अनुरुप   फार्मेसि अधिकृत  मुकुन्द पंजियारको दस्तखत रहेको चन  ४०८७ को पत्र  उत्पादककोमा  पुग्नु अगावै  पत्र  गायव भएको नभइ मिति  २०७७/३/२४ पत्रमार्फत विभागले पत्राचार गरेअनुरुप विभागमा  दर्ता  रहेको  स्यानिटाजरका उत्पादक एमडिएच  फर्मास्युटिकल्सलाइ उत्पादन  गरिएका जेल स्यानिटाजर मापदन्ड विपरित रहेका कारण    ब्याच न  २००२ को सवै स्यानिटाजर बजारबाट  तुरुन्त रिकल अर्थात   फिर्ता गर्दै  सोको विवरणका  साथै  इन्भेष्टिगेशन रिपोर्ट  ७ दिन भित्र विभागमा  २०७७/३/ ३० मा सम्मान पूर्वक पेश  गरिएको जानकारी सहित पत्र नै  गायव नभएको जिकिर गरिएको छ ।

त्यस्तै फर्मास्युटिकल्सको तर्फबाट उत्पादित जेल स्यानिटाजरको उत्पादन विभागले तोकेको मापदन्ड विपरित रहेको भन्ने प्रसंगमा विभागलेनै परीक्षणको स्वीकृति दिएको  GEST ल्यावमा परीक्षण गर्दा सतप्रतिशत मापदन्डको दायरामा गणस्तरसहित भएको रिपोर्ट प्राप्त भएको समेत उल्लेख गरिएको छ । त्यस्तै राष्टिय औषधि प्रयोगशालामा गरिएको परीक्षणको क्रममा आफ्नो उत्पादनको गुणस्तर फेल भनिएपनि विभागको परीक्षण् प्रणलीनै गलत भएको समेत दावी गरिएको छ।

यसवीचमा प्राप्त सूचनाको आधारमा लेखिएको समाचारका कारण फर्मास्युटिकल्सको सवालमा सिर्जना भएको पत्र प्रकरण भ्रम यसै प्रष्टोक्ति सहितको खण्डन मार्फत सच्चाइएको  छ । {.स}