शुक्रबार, बैशाख ७, २०८१

कोभिड संक्रमित पत्रकार थापालाइ विमा वापतको रू एक लाख रुपैया हस्तान्तरण

काठमाडौ असोज १, 
मिसन मिडिया क्लवले आज एक सामान्य कार्यक्रमकावीच पत्रकार महासंघ ललितपुरका कोभिड संक्रमित पत्रकार विदुर थापालाइ कोभिड विमाको रू एकलाख रुपैया हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमका वीच पनि अविराम आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिअन्र्तगत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार ‘ पत्रकार कोभिड   बीमा’ गरिएको थियो ।
नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव रहेका  कल्वका अध्यक्ष श्रीजन झाले आज प्रदेश समितिको कार्यकक्षमा आयोजित एक सामान्य कार्यक्रमकावीच पत्रकार थापालाइ बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सबाट प्राप्त विमा रकम रू १ लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।

त्यसअवसरमा उपत्यका प्रदेश समितिका कोषाध्यक्ष टेकबहादुर रोका, महासंघ ललितपुर शाखाका कोषाध्यक्ष रामहरी कार्की कान्तिपुर हटलाइनका पत्रकारद्दय विष्णु विष्ट  , त्रिरत्न महर्जन लगायतको उपस्थित रहेको थियो ।

त्यस्तै अवको केहि दिनमा अर्का कोभिड संक्रमित पत्रकार संजय केसीलाइ समेत विमा वापतको रकम हस्तान्तरण गरिने महासचिव झाले जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031