बिहिबार, चैत्र १५, २०८०

मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं भाद्र १६ ,
मौसम पूर्वानुमान महाशाखाले मंगलबार मनसुनको न्युन चापीय रेखा पुर्वी र मध्य भूभागमा नेपाल नजिक रहेको जनाएको छ । न्युन चापीय रेखा नेपाल नजिक रहेको कारण हाल देशको केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र प्रदेश न १ र गण्डकी प्रदेशका एक, दुइ स्थानहरुमा भारी वर्षा समेत भइरहेको महाशाखाले जनाएको छ ।

यसैगरी, मंगलबार दिउँसो देशभर सामान्यतया बदली रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना औल्याउँदै महाशाखाले आज राति देशभर सामान्यतया बदली रहि केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।