शुक्रबार, बैशाख १४, २०८१

मिटर रिडिङ नभएका ग्राहकको महशुल भुक्तानीमा जरिवाना नलाग्ने

काठमाडौं असोज १४ ,

कोभिड–१९ प्रकोपका समयमा मिटर रिडिङ हुन नसकेका कारण नेपाल विद्युत् प्राधिकरणका ग्राहकलाई जरिवाना नलाग्ने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यस्तो व्यवस्थाका लागि निर्देशन दिएपछि प्राधिकरण व्यवस्थापनले मिटर रिडिङ नभएका ग्राहकसँग जरिवाना नलिन र लिइसकेको भए आगामी बिलमा मिलान गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेसँग बुधबार मन्त्रालयमा भएको छलफलका क्रममा तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । कोरोना नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीका कारण प्राधिकरणका अधिकांश गाहक र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको थिएन ।

मन्त्रीको निर्देशनलगत्तै जरिवाना नलिन देशभरका वितरण केन्द्रलाई एकैसाथ निर्देशन दिइसकेको र सार्वजनिक सूचनासमेत जारी गर्न लागिएको निमित्त कार्यकारी निर्देशक कोइरालाले बताए । मन्त्री पुनले खराब मौसम, प्रणालीको खराबी वा अरू प्राविधिक कारणले विद्युत् अनियमित भए तत्काल समस्या समाधान गर्न पनि निर्देशन दिए ।  त्यसका लागि ‘इमिडेट रेस्पोन्स टोली’ बनाउन उनले सुझाव दिएका छन् । लकडाउनयता ९० लाख विद्यार्थी घरमै बसेर अनलाइन कक्षा लिइरहेको भन्दै मन्त्री पुनले विद्युत् नियमित नभए उनीहरूको पढाइ प्रभावित हुने भन्दै यो विषयमा संवेदनशील हुन सेत निर्देशन दिएको खवर प्रकाशित रह्को छ ।