बिहिबार, बैशाख ६, २०८१

मन्त्रालयको चेतावनी: पीसीआर परीक्षणको शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज

काठमाडौं असोज १४ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ वटा निजी प्रयोगशालालाई पीसीआर परीक्षण शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटमसहितको निर्देशन दिएको छ।

स्टार अस्पताल, हृयाम्स अस्पताल, बी एण्ड बी अस्पताल, मेडिसिटी अस्पताल, डिकोड जिनोमिक्स एण्ड रिसर्ज सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड डायगनोस्टिक सेन्टरल सरकारले निर्धारण गरेको भन्दा बढि शुल्क लिदै पीसीआर परीक्षण गर्ने गरेका कारण तत्काल शुल्क समायोज गर्न मन्त्तालयले २४ घण्टे अल्टिमेटम सहितको निर्देशन दिदै निर्देशनको अवज्ञा गरे परीक्षण अनुमति समेत खारेज गर्ने चेतावनी दिईएकोछ ।

साथै मन्त्रालयले परीक्षणको लागि रु २ हजार शुल्क निर्धारण गरेपनि प्रस्तुत अस्पताल र प्रयोगशालाले ४४ सय सम्म शुल्क असुल्दै आएको पाईएसंगै मन्त्रालयले यस्तो निर्देशन  सहितको चेतावनी दिएको हो ।