बिहिबार, बैशाख १३, २०८१

प्रभात माविमा कोभिड कहरका वीच सामाजीक दुरी सहित पठन पाठन सुचारु

काठमाडौं असोज १४ ,
प्रभात मावि चन्दागिरी नगरपालिकोको वडा न ७ स्थित प्रभात मा बि मा कोभिड कहरकावीच सामाजीक दुरी सहित स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर पठन पाठन सुचारु गरिएको छ । लामो समय देखि विद्यालय बन्द हुँदा स-साना विद्यार्धीमा विद्यालय जानुपर्छ भन्ने भावना समेत कम हुँदै गएको त्यस्तै गरि विद्यालय बन्द भएसंगै घरभमा बस्नु भन्दा पनि बरालिदै यताउता जाने गर्नाले संक्रमणको थप जोखिम भएको निष्कर्ष सहित निश्चित समय विधालयमा त अनुसाशित भएर बस्छन भन्ने निष्कर्ष सहित पठनपाठन शुरु गरिएको विधालयले जनाएकोछ ।

कक्षा १ देखि कक्षा १० सम्मका विधार्थीका लागि सातामा एक दिन प्रत्यकेकक्षाको सिफ्टवाइज रुपमा कक्षा सञ्चालन गर्दै पढाइ भइरहेको विधालयले जनाएको छ ।