शुक्रबार, बैशाख ७, २०८१

पशुपतिनाथ लगायतका मन्दिर पूजाआजाका लागि खुला नगरिनुको कारण पेस गर्न सर्वोच्चको आदेश

[फाइल फोटो]

काठमाडौं असोज १४ ,

सर्वोचचका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पशुपतिनाथलगायतका मन्दिर पूजाआजाका लागि हालसम्म पनि खुला नगरिनुको कारण पेस गर्न सरकारको नाममा आदेश जारी गरेको छ ।

कोभिड संक्रमणका कारण मुलुकमा जारी गरिएको लकडाउन [बन्दाबन्दी] को अवधि सकिएको भए पनि हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरलगायतका मठमन्दिर हालसम्म पनि खुला नभएसंगै अधिवक्ताहरु कीर्तिनाथ शर्मा पौडेल, विष्णु प्रसाद भण्डारी , विरभद्र जोशी र जनकसिंह साउद समेतले सर्वोच्च अदालतमा पशुपतिनाथलगायतका मन्दिर हालसम्म पनि खुला गराउन माग गर्दै दायर गर्नु भएको रिट निवेदनको सुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो ।

जारी आदेशमा पशुपतिनाथलगायतका मन्दिर हालसम्म पनि खुला नगरिनुको कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाइ यस सम्बन्धमा १५ दिनभित्र पठाउन पनि आदेशमा भनेको छ ।

रिट निवेदहरुले जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गत भाद्र ३१ गते आदेश जारी गरी मठ, मन्दिर, मस्जिद, चर्चलगायतका परम्परागत धार्मिक तथा सांस्कृतिक स्थलहरूमा दैनिक नित्य पूजाबाहेक भीडभाडजन्य गतिविधि सञ्चालन गर्न रोक लगाए पनि यसवीचमा मस्जिद, चर्चलगायतका स्थलहरू खुला भए पनि हिन्दूहरूको आस्थाको केन्द्र भने हालसम्म खुला नगरिएका कारण भेदभाद भएको जिकिर गरिएको छ । साथै रिट निवेदनमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंको भाद्र ३१ गतेको आदेशलाई खारेज गर्न समेत माग गरिएको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031