बिहिबार, बैशाख ६, २०८१

कोभिड संक्रमितको संख्या ७७ हजार नाघ्दै गर्दा डिस्चार्ज हुनेको कुल संख्या ५६ हजार नाघ्यो

काठमाडौं असोज १४,

पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५ पीसीआर नमूना परीक्षण गर्दा ९ सय ७७ पुरुष र ५ सय ८२ महिला गरि १ हजार ५ सय ५९ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

पछिल्लो समय नेपालमा संक्रमित पहिचानको रफ्तार बढ्दो रहेको छ । जसअनुसार आज मात्र उपत्यकामा ९ सय २ जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौंमा ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरका ९३ जना रहेको मन्त्तालयले जनाएको छ।

त्यस्तै देशभर थप १ हजार ५७ जना उपचारपछि निको भएर डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको र देशभरका क्वारेनटिनमा ५ हजार ४२८ जना रहेका छन् । होम आइसोलेसनमा १० हजार ८०४ रहेका छन् । संस्थागत आइसोलेसनमा १० हजार ७७ रहेका छन ।

त्यस्तै संक्रमणका कारण ५ पुरुष र दुई महिला गरि ७ जना संक्रमितकोमृत्यु भएकोछ । मृत्यु हुनेमा काठमाडौमा ३४ र ३६ वर्षीया महिला ५४ वर्षीय पूरुष , सुनसरीमा ६०वर्षीय, मोरङमा ६० वर्षीय, सप्तरीमा ३९ वर्षीय, र रुपन्देहीमा ८२ वर्षीय पुरुषको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।