शुक्रबार, बैशाख ७, २०८१

आज भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्मदिन अर्थात जन्माष्टमी पर्व मनाइदै

काठमाडौं साउन २७,

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन ललितपरको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर सहित अन्य कृष्ण मन्दिमा समेत भक्तजनको घुइचो लाग्ने गर्दछ ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वसुदेव र देवकीको ८ औं गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी मध्यरातमा श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको पाइन्छ । समग्रमा भन्नु पर्दा मानव जातिलाई सुरक्षित पारी धर्मको रक्षाका लागि धर्तीमा अवतरित हुनुभएका श्रीकृष्णले नै पुतना, कंस, जरासन्ध र शिशुपाल आदि दानवी प्रवृत्तिलाई अन्त गराई मानव मात्रलाई भयमुक्त बनाउनुभएको थियो । यसै प्रसङ्गमा भगवान् श्रीकृष्णले श्रीमद्भागवत गीतामा भन्नुभएको छः  यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।

अर्थात् जबजब धर्मको लोप हुन्छ र पाप बढ्दछ त्यस बेलामा धर्मको रक्षाका लागि मैले मानव रुप धारण गरेर धर्तीमा जन्म लिनेछु । भगवान् श्रीकृष्णको यही कर्मको सम्झनामा अहिले पनि श्रीकृष्ण जन्माष्टमी पर्व भव्यताका साथ मनाउने गरिएको छ ।

त्यस्तै आजको दिन ललिपुरको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर, बूढानीलकण्ठस्थित श्रीकृष्ण मन्दिर, तथा देशभरका अन्य कृष्ण मन्दिरमा पूजा आराधना एवम् रथयात्रा सहित मेल लाग्ने गर्दछ । यसै क्रममा ललिपुर मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिरको दर्शनको लागि राष्ट्रप्रमुखको सवारी चलाइने परम्परा रहिआएको छ प्रस्तुत पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि २०६४ साल यता विदा काटिएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु