बिहिबार, चैत्र १५, २०८०

७ जिल्लामा प्रमुख जिल्ला अधिकारीको हेरफेर, को कहाँ ?

काठमाडौं साउन २५ ,
गृह मन्त्रालयले ७ जिल्लाका सीडीओको सरुवा तथा पदस्थापन गरेको छ । गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णय अनुसार सीडीओको सरुवा तथा पदस्थापना गरेको हो ।

जसअनुसार  यसअघि मन्त्रालयमा सहप्रवक्ताको जिम्मेवारीमा रहेका उमाकान्त अधिकारीलाई म्याग्दी सरुवा गरिएको छ । त्यस्तै गृहमै कार्यरत उमेश बस्नेतलाई जिल्ला प्रशासन कार्यालय रौतहटको जिम्मेवारी दिईएको छ ।

त्यस्तै दैलेखमा सन्त बहादुर सुनार मुस्ताङमा ,राजकुमार राईलाई रुकुम पूर्वमा, हिरादेवी पौडेल, प्यूठानमा को खिमराज भुसाल र मनाङमा ध्रुव गिरीलाई सरुवा गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।