शनिबार, बैशाख ८, २०८१

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न गृहको कडा निर्देशन

काठमाडौ साउन २८,

बढ्दो कोभिड संक्रमणको जोखिमसंगै गृह मन्त्रालयले मातहतका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ ।

मन्त्रलायले जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि सवारी पास वितरण नगर्न नगराउन हुन आदेशानुसार अनुरोध छ”, मन्त्रालयद्वारा बुधबार जारी सूचनामा उल्लेख गरिएको छ ।

यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।