शनिबार, बैशाख ८, २०८१

सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीको कार्यान्वयनमा कडाई गरिने

उपत्यकाका ३ वटै प्रशासनबाट प्रवाह गरिने अत्यावश्यक बाहेकका अन्य सेवा १५ दिनलाई स्थगित, जहाँ र जुन क्षेत्रमा कोभिड संक्रमण बढी देखिएको क्षेत्रलाई सिल गरिने 

काठमाडौ साउन २३ ,

बढ्दो कोभिड १९ के जोखिम संगै उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकले प्रशासनबाट प्रवाह गरिने अत्यावश्यक बाहेकका अन्य सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ । यसवीचमा शान्ति सुरक्षा ठाडो निवेदन ,मुद्धा सम्बन्धीकार्य , सवारी पास वितरण विपद व्यवस्थापन लगायतका अत्यावश्यक सेवा भने निर्वाद रुपमा सञ्चालन हुने जनाएको छ ।

साथै बैठकले आगामी १५ दिनको लागि नयाँ नागरिकता र नागरिकताको प्रतिलिपी , हात हतियार दर्ता नविकरण, संस्था पत्रपत्रिका दर्ता र नविकरण, राहदानी वितरण लगायतका कार्य स्थगन गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले जहाँ र जुन क्षेत्रमा कोभिड संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई पनि सिल गर्ने निर्णय समेत गरेको  छ ।  यसैवीच काठमाडौंले आज टेकु र महाबौद्ध क्षेत्रमा ३ जना कोभिड संक्रमित देखिएसंगै त्यस क्षेत्रलाइ सिल गर्ने निर्णयसंगै उपत्यका भित्र कुनै किसिमको सभा, गोष्ठी, सेमिनार गर्न नपाइने निर्णय गरेको छ।

साथै   सुरक्षा सम्बन्धी मापदण्ड अनुरुपको मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने निर्णय समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।