शुक्रबार, बैशाख ७, २०८१

मानव कल्याण समाजलाइ ईजरायली दुतावासको भोजन

सिकाई आदान प्रदान कार्यक्रमले दुई देश बीचको खानपानको संस्कृति बुझ्न  र दुई भिन्न समाजवीचको सामिप्यतालाइ थप सहज बनाउन पुग्ने राजदुत राजदुत बेनीओमरको विस्वास

काठमाडौं भाद्र ५ .

नेपाल स्थित ईजरायलीदुतावासले ईजरायली परिकारको विविधता सम्बन्धीअनलाईन कन्फरेन्सको सुरुवात गरेको छ । ईजरायलका प्रख्यात टेलिभिजन प्रस्तोात एवं सेफ गीलहोभावको सञ्चालनमा भाद्र ३ गते काठमाडौं मेरियट होटलका सेफहरुसँग ईजरायली पकवानको इतिहास तथा संस्कृतिबारे भिडियो कन्फरेन्समार्फत् सिकाई आदानप्रदान गरिएको हो ।

त्यस्तै सिकाइको क्रममा तयरा पारिएको विभिन्न इजरायली परिकार पितृ सम्मान दिवस अर्थात कुशे औंशीको अवसरमा भक्तपुर स्थित मानव कल्याण समाजमा आश्रित ६ दर्जन भन्दा बढि व्यक्तिहरुलाइ भोजनको गराईएको थियो ।  त्यस अवसरमा कोभिड जोखिमको महामारीबाट जोगिन आश्रमलाई दुतावासले मास्क, पञ्जा, स्यानिटाईजर, साबुन, स्यानिटाईजर स्ट्यान्ड लगायतका सुरक्षा सामग्री समेत वितरण गरिएको थियो ।

भोजन तथा सुरक्षा सामाग्री वितरण कार्यक्रमको समापनसत्रमा नेपालका लागि ईजरायली राजदुत बेनीओमरले यस किसिमको सिकाई आदान प्रदान कार्यक्रमले दुई देश बीचको खानपानको संस्कृति बुझ्न  र दुई भिन्न समाजवीचको सामिप्यतालाइ थप सहज बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा मेरियटका सेफ रञ्जनले खानापनि सञ्चारको सुक्ष्म माध्यम भएकाले ईजरायली परिकार सिक्न पाउनु उपलब्धी भएको र यसले नेपाल–ईजरायल खानपानको सम्बन्धमा नयाँआयाम थप्ने अभिमत प्रकट गर्नभएको थियो भने मानव सेवआश्रमकी सञ्चालिका एवं अध्यक्ष सुमित्रा चौलागाईले ईजरायली दुतावासलाई धन्यवाददिदै बुवाको मुख हेर्ने दिन परेर सस्थालाई दिएको सहयाग प्रतिआभार व्यक्तगर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु