शुक्रबार, बैशाख ७, २०८१

महासंघका पूर्व केन्द्रीय सचिव पत्रकार बानियाँ मृत अवस्थामा फेला

रहस्यमय निधनका सम्बन्धमा गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न महासंघको माग

काठमाडौं साउन २८ ,
कान्तिपुर दैनिक आद्ध पत्रकार बलराम बानियाँ मकवानपुरको सिस्नेरीस्थित वागमती नदीमा मंगलबार मृत फेला परेका छन्।उनको शव मकवानपुरको बागमती गाउँपालिका सिस्‍नेरीस्थित माण्डो हाइड्रोपावरको फिल्टरमा फेला परेको   जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ।बानियाँ गत साउन २६ गते काठमाडौं बल्खुदेखि बेपत्ता भएको र मोबाइलको अन्तिम लोकेशन बल्खु आसपास देखाएको प्रहरीले जनाएको छ।

यसैवीच नेपाल पत्रकार महासंघले महासंघका पूर्व केन्द्रीय सचिव एवम् कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादक बलराम बानियाँको दुखद निधनले नेपाल पत्रकार महासंघ स्तब्ध भएको जनाएको छ । विगत ३ दशकदेखि नेपाली पत्रकारिता जगतमा महत्वपूर्ण योगदान पु-याउँदै आएको  जनाएको छ। त्यस्तै महासंघले बानियाँको रहस्यमय ढंगले भएको निधन बारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग माग गर्दै दिवंगत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुको अलावा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु