शुक्रबार, बैशाख ७, २०८१

मकवानपुरमा साताव्यापी बन्दाबन्दी आदेश जारी

हेटौैडा साउन २६,

आइतवार पहिचान भएको ३८० कोभिड संक्रमित मध्ये मकवानपुरका २३ जनामा सङ्क्रमण पुष्टि भएसंगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ । आइतवार साँझ बसेको कमाण्ड पोष्टको बैठकले हेटौंडा उपमहानगरपालिकासहित मनहरीका केही वडामा थप संक्रमण फैलिन नदिन निषेआज्ञा जारी गर्ने निर्णय गरे अनुरुप निषेधाज्ञा जारी गरेको हो ।

जारी निषेधाज्ञा आजबाट २६ गतेदेखि साउन ३२ गतेसम्म अर्थात साताव्यापी कायम रहने र यसवीचमा अत्याआवश्यक वाहेकका सवै काम कारवाही माथिपूर्णत रोक लगाउनुको अलावा कोहि कसैलाइ पनि घरबाट वाहिर निस्न निषेध गरिएको छ ।
बाग्मती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा प्रहरी सहित २० जनामा तथा मकवानपुरगढी, भीमफेदी र बकैया गाउँपालिकामा ३जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु