शुक्रबार, चैत्र १६, २०८०

भारतीय गृहमन्त्री शाहलाई कोभिड १९ संक्रमण, अस्पताल भर्ना

एजेन्सी साउन १८,

भारतका गृहमन्त्री अमित शाहलाई कोेभिड १९ संक्रमण पुष्टि भएको छ । गृहमन्त्री शाहलाइ कोभिड १९को शुरुवाती लक्षण देखिएपछि गराएको परीक्षणको क्रममा कोभिड संक्रमण पुष्टि भएको हो । त्यस्तै गृहमन्त्री शाहले ट्वीटरमार्फत आफूलाई संक्रमण भएको पुष्टि भएको सार्वजनिक गरेका छन ।

उनले ट्वीटमा आफुलाइ संक्रमण पुष्टिभएपनि आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको तर डाक्टरको परामर्शमा अस्पताल भर्ना हुने सुझाव दिएका कारण अस्पतालमा भर्ना हुन गइरहेको बताएका छन ,

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।