शुक्रबार, चैत्र १६, २०८०

बढ्दो संक्रमणको जोखिमसंगै नुवाकोटमा शनिवार मध्यरात्रीबाट १० दिने निषेधज्ञा जारी

काठमाडौं साउन २४ , जिल्ला प्रशासन कार्यालय नुवाकोटले आजराति १२ बजेदेखि १० दिनसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

नुवाकोटमा पछिल्लो समय कोभिड संक्रमितको संख्या रफ्तारमा बढेसंगै प्रशासनले  कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकको स्थानीय प्रशासन ऐन र सङ्क्रामक रोग ऐनअनुसार जिल्लाको मुख्यमुख्य बजार क्षेत्र, बाहिरी जिल्लासँग सीमा जोडिएका नाका क्षेत्र, सडक मार्गको पहुँच भएको स्थानमा शनिवार मध्यराती १२ बजेदेखि १० दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको विज्ञप्तिमा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा नुवाकोटको विदुर नगरपालिका, लिखु गाउँपालिका र सूर्यगढी गाउँपालिकाको सबै क्षेत्र , त्यस्तै बेलकोटगढी नगरपालिकाको वडा नं ५, ७, ८, १०, ११, १२ र १३ वडाको सबै क्षेत्र, पञ्चकन्या गाउँपालिकाका वडा नं १, २ र ३ को सम्पूर्ण क्षेत्र, शिवपुरी गाउँपालिकाकाको वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र र ककनी गाउँपालिकाका पासाङल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्र रहेको उल्लेख गरिएको छ ।

यद्यपी यसवीचमा निषेधाज्ञा जारी भएका क्षेत्रमा औषधि उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य काम गर्नेलगायतका अतिआवश्यक कामका लागिबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने, एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव बाहन, फोहर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधनबाहेक अरु सवारीसाधन सञ्चालमा रोक लगाईएको छ ।  त्यस्तै खाद्यान्न पसलसमेत बिहान ६ बजेदेखि १० बजेसम्म दैनिक चार घण्टा मात्र खोल्न दिने निर्णय गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।