शुक्रबार, बैशाख ७, २०८१

बढ्दो कोभिड जोखिम: न्यूनतम स्वास्थ्य मापदण्ड नमान्नेलाई रु १ हजार जरिवाना

काठमाडौ भाद्र २ ,

चन्द्रागिरि नगरपालिकाले बढ्दो कोभिड संक्रमणको रफ्तारलाइ दृष्टिगत गर्दै संक्रमणको जोखिमबाट बच्च अपनाउनुपर्ने न्यूनतम स्वास्थ्य मापदण्ड नमान्नेलाई रु १ हजार जरिवाना गर्ने नितिगत निर्णय गरेको छ। त्यस्तै आसन्न महिलाहकारुको महान तिज लगातका चाडपर्व आफ्नै घरभित्र पारिवारिक माहौलमा मनाउन यो वा त्यो नाममा अनावश्यक भिडभाड नर्गन समेत आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरि सहित नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र नगरपालिकाभित्रका ६ वटै विषयगत समितिको प्रमुखसहितको आइतबार बसेको बैठकले यस्तो निर्णय भएको प्रमुख गिरिले जरिवाना लगायतका निर्णय भएको जानकारी दिनु भएको छ ।

त्यस्तै नगर प्रमुख गिरिले चन्द्रागिरिमा विदेश वा अन्य जिल्लाबाट आउने व्यक्तिले अनिवार्य रुपमा पिसिआर परिक्षण आफ्नो खर्चमा गर्नुपर्ने र २१ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्थालाइ कडाइका साथ लागु गरिएको बताउँदै स्थानीय क्षेत्रमा सञ्चालित अत्यावश्यक सामाग्रीका पसलले आफ्नो पसल अगाडि डोरी लगाउनुपर्ने, माक्स, पञ्जालगायतका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, भौतिक दूरीका लागि मार्किङ नगरेमा समेत सोहि अनुरुप जरिवाना गर्ने   निर्णय भएको बताउनुभयो ।

साथै यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशअनुसार भाद्र १५ गतेसम्मका लागि जात्रा महोत्सव, खुला स्थानमा भेला हुन   निषेध गरेको निर्णयको समेत पूर्णत कार्यान्वयन गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।