शुक्रबार, बैशाख १४, २०८१

पर्सा क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य यादव सहित ६४ जनामा कोभिड संक्रमण

काठमाडौं साउन १७,
प्रतिनिधिसभा सदस्यसहित प्रदीप यादव सहित थप ६४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । पर्सा निर्वाचन क्षेत्र यादव पर्सा क्षेत्र न १बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको हो ।  प्राप्त जानकारी अनुसार सांसद यादवसहित ६४ को नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणको क्रममा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएकेछ ।

त्त्यसो त सांसद यादवले आफू र आफ्ना सुरक्षागार्ड र चालक समेतलाइ संक्रमण भएको आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो । यसअघि वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले पनि फेसबुक पेजमार्फत कोभिड संक्रमण भएको जानकारी सार्वजनिक गर्नुभएको थियो ।

पछिल्ले समय संक्रमण पुष्टि भएका अन्य संक्रमतिमा ३ महिलासहित १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका ६१ जना रहेको अस्पतालले जनाएको छ ।

स्मरण रहोस समुदायस्तरमा कोभिड संक्रमण फैलिएको ठहर सहित विरगञ्जमा थप संक्रमण फैलिन नदिन विगत४ दिनदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ भने पर्सामा अहिलेसम्म १० जनाले मृत्यु भैसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।