बिहिबार, बैशाख १३, २०८१

ट्राफिक प्रहरी महाशाखा सिल , ३७५ ट्राफिक प्रहरी क्वारेन्टिनमा

काठमाडौ साउन १८,
महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई प्रहरी कर्मचारीमा कोभिड १९ सङ्क्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ । गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनमा दुई ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल गरिएको महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभएको छ ।

साथै उहाँले संक्रमण पुष्टि भएका प्रहरीको सम्पर्कमा आएकालाई बाहिर आवतजावतमा समेत रोक लगाईएको बताउदै महाशाखाभित्र बस्ने ३७५ ट्राफिक प्रहरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको बताउनुभयो । त्यस्तै गरि महाशाखा प्रमुख ढकालले क्वारेन्टिनमा बसेका प्रहरीको चाँडो स्वाब सङ्कलन गरि परीक्षण गर्ने तयारी भइरहेको जानकारी समेत दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।