बुधबार, बैशाख १२, २०८१

चिकित्सक र नर्समा कोभिड संक्रमण देखिएसंगै शिक्षण अस्पताल महाराजगञ्जका  आकस्मिक सेवा बन्द

महोतरीमा थप ४३ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौं साउन २९,

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको इमेरजन्सी वार्डका चिकित्सक र नर्समाको कोभिड संक्रमण देखिएसंगै आकस्मिक उपचार सेवा बन्द गर्नुको अलावा आकस्मिक कक्ष सिल गरिएको छ ।

विभागका दुई डाक्टर र ४ जना नर्समा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमितमा कोरोनो लक्षण समेत देखिएका अन्य स्वास्थ्यकर्मीलाई सर्न सक्ने भन्दै आकस्मिक विभाग सिल गरिएको जनाृदै अस्पतालले विागमा नाएको छ ।

कार्यरत सवै कर्मचारीको आज पीसीआर परीक्षण गरिँदैछ । त्यसको रिपोर्ट नआउँदासम्म इमेरजन्सी वार्डका बन्द रहेने अस्पतालले जनाएको छ । यद्यपी बहिरंग लगायतको सेवा भने सुचारु रहेको अस्पतालले जनाएको छ ।

यसैवीच जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले महोतरीमा थप ४३ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएकेछ । पछिल्लो पटक जिल्ला मालपोत कार्यालयका २८ जनामा संक्रमण पुष्टि भएको जनाउनुको अलावा आइतबार राति मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिकाका ६ का ४६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको जनाउँदै निजको अन्तिम संस्कार गरिसकेपछि मंगलवार राति रिपोर्ट पोजेटिभ आएका कारण अन्तिम संस्कारमा सहभागी र अन्यको स्वाब संकलन गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।