शुक्रबार, बैशाख ७, २०८१

खानेपानीका हाकिम १० लाख घुस रकम सहित अख्तियारको फन्दामा

काठमाडौं साउन २६ ,

नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख इन्जिनियर सन्तोष साह १० लाख ५५ हजार श्रोत नखुलेको रकमसहित धादिङबाट पक्राउ परेका छन् ।प्रमुख इन्जिनियर साहले खानेपानी शाखा कार्यालयका विभिन्न व्यक्तिसँग घुस रकम लिएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारद्दारा जारी विज्ञप्तिमा खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडीमा काठमाडौंतर्फ आउँदै गर्दा धुनिबेंसी नगरपालिका–८ खानीखोलामा गाडी चेक जाँच गर्ने क्रममाबाट आयोगको टोलीले पक्राउ गरेको जनाउदै निजको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु