मङ्लबार, बैशाख ४, २०८१

कोभिड संक्रमितको सफल उपचार गर्दै प्राकृतिक चिकित्सालय

नवलपुर साउन २२,
विश्वव्यापि रुपमा कोभिड १९ अर्थात कोभिड १९को संक्रमण बढीरहेको र सो महामारीबाट मृत्यु हुनेको सँख्यामा पनि वृद्धि भइरहेको बेलामा नवलपुर जिल्ला (नवलपरासी सुस्ता बर्दघाटपूर्व) रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा सञ्चालित क्वारेन्टाइनमा रहेका संक्रमित प्राय सबै निको भएका छन् । महिनादिनसम्म अन्य उपचार केन्द्रमा रहँदा पनि पोजेटिभबाट नेगेटिभ हुन नसकेको संक्रमितलाइ पनि सो चिकित्सालयले दिने नियमित प्राकृतिक चिकित्साका उपचार दिँदा साताव्यापीमानै ठिक भएको सो अस्पतालका निर्देशक डा. विनोद पौडेलले बताउनु भएको छ ।

हाइजिनिक खानपान एवं सद्भावपूर्ण वातावरणबाट सो अस्पतालको क्वारेन्टाइनमा रहेका संक्रमितलाई योगध्यान, जलनेती, वास्प उपचार, खेलकुद् आदि क्रियाकलाप गराइने भएकोले संक्रमितलाई रोगसँग लड्ने प्रतिरोधशक्ति एवं हिम्मत बढ्ने हुनाले यस प्रकारको परिणाम मिलेको डा. विनोद बताउनु हुन्छ । ७५ वर्षका दम्पति र ११ वर्ष तलको बच्चालाई समेत आफ्नो उपचारले पूर्णरुपमा कोभिड मुक्त गराउन सकेको उहाँको भनाइ रहेको छ ।

हालसम्म ३सय १८ जना संक्रमितसो क्वारेन्टाइनमा भर्ना भएकोमा २सय ९७ जनालाई कोभिड नेगेटिभ भइ घर पठाइसकिएको र अन्यमा पनि कुनै समस्या नदेखिएको बताइएको छ । आउँदा ज्वरो, रुघाखोँकी आदि लक्षण भए पनि दुईचार दिनमै सो अस्पतालले दिने प्राकृतिक खानपान, जलनेती, वास्प उपचार, नूनपानीबाट कुल्ला लगायतका प्राकृतिक चिकित्सा र केही जडीबुटीजन्य पेयको प्रयोगले सुधार आइहाल्ने डा. पौडेलको दावी रहेको छ ।

त्यस्तै डा. . पौडेलका  अनुसार संक्रमितलाइ मानसिक रुपमा म रोगी हुँ भन्ने भावना हुनै दिइएको छैन । कोदो, फापर, उमारेको गेडागुडी, पोलिस नगरेको चामललगायतका नितान्त साकाहारी र स्वस्थकर खाना खुवाइएको छ । अस्पतालमा रहँदाको समयको लागिमात्रै नभएर घर गएपछि पनि कसरी स्वस्थकर खाना खाने, स्वस्थकर खाना के हो आदिको बारेमा केही जानकारी गराएर पठाउने गरिएको छ । संक्रमितलाई नूनपानीले कुल्ला गराउनाले नाकमुखमा भएको भाइरस मर्ने र अरुलाई सर्न नपाउने कारणले नूनपानीले कुल्ला गर्ने व्यवहारलाई अभियान बनाइएको छ ।

कोरोनाको संत्रास र उच्च जोखिम बढेर गइरहेको यस अवस्थामा योग, ध्यान तथा प्राकृतिक चिकित्साका विधि र जडीबुटी एवं आरोग्यवर्धक आहारविहारबाट संक्रमण बढ्नबाट रोक्न सकिनुको साथै संक्रमितलाई उपचार गर्नसकिने बलियो उपाय देखिएकोले यसतर्फ सम्बन्धितसबैले ध्यान पुर्याउन जरुरी रहेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।