बिहिबार, बैशाख १३, २०८१

काठमाडौं उपत्यका कोभिड–१९ महामारीको ‘इपिसेन्टर’ बन्ने खतरामा

काठमाडौं साउन १७,
सरकारले कोभिड संक्रमणको जोखिम देखिएसंगै गत ११ चैतदेखि घोषणा गरेको लकडाउन गत साउन ६ गते राति १२ बजेबाट अन्त्यको घोषणा गरेसंगै मानिसहरुमा सचेतनाको पक्षमा देखिएको  फितलोपनका  कारण पछिल्लो समय संक्रमणको जोखिम उच्च भएको छ । यसरी काठमाडौं उपत्यकामा दिनानुदिन कोभिड संक्रमितको सख्या बढ्नु र कोभिड–१९ महामारीको ‘इपिसेन्टर’ बन्ने खतरा बढेपछि काठमाडौँ उपत्यकामा फेरि लकडाउनको आवश्यकता महसुस गरिएको छ ।

कृहि साता यता देखि उपत्यकामा दैनिक ५० जनाको हाराहारीमा संक्रमित देखिनु महामारीको ‘इपिसेन्टरका सूचक भएको भन्दै सम्वद्ध विज्ञहरुले तत्काल सरकारले कदम चाल्दै लकडाउन गर्न यसअघिनै सुझाएका छन ।

यसवीचमा विज्ञको सुझाव र बढ्दो संक्रमितको सख्याका कारण सरकारका उच्च अधिकारीहरुले पनि लकडाउन फेरि गर्नुपर्ने अवस्था सिर्जना भएको बताउदै प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० मा सुझाव सहितको जानकारी प्रस्तुत गरिसकेको बुझिएको छ । प्राप्त सुझाव र अवस्थाको विश्लेषण सहित प्राधानमन्त्री केपी ओली र मन्त्रीहरु समेत पुनः लकडाउन गर्नुपर्ने मनस्थितिमा पुगेको बताईएकोछ ।

त्यस्तै पछिल्लो समय वार पर्सा विराट नगर लगायतका नेपागञज लागयतका क्षेत्रमा समुदायस्तरमा संक्रमण फैलिएको ठहर सहित  बन्दाबन्दी घोषणा गरिसकेको अवस्था छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।