बिहिबार, बैशाख १३, २०८१

उपत्यकामा आजमात्रै १३८ जना कोभिड संक्रमित थपिए

काठमाडौ साउन २८ ,

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १३८ जना सहित नेपालमा थप ४८४ जनामा कोभिड संक्रमितको पहिचान भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा १३४ कोरोना संक्रमित थपिएको जनाउदै आज पहिचान भएका संक्रमितहरु क्रमस काठमाडौमा १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ जना रहेको जनाएको छ।

साथै देशभर कुल आइसोलेसनमा ७ हजार ६ सय १३ जनाको उपचार भइराखेको जनाउदै मन्त्रालयले गत २४ घण्टाभित्र ६४ जना निको भई डिस्चार्ज भएसंगै कुल १६ हजार ७२८ जना संक्रमित डिस्चार्ज भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।