शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका ९२ सहित थप ३ सय ८० जना नयाँ संक्रमितको पहिचान , ७५ को मृत्यु

स्वास्थ्य मन्त्रालयका ४ जना कर्मचारीमा पनि कोभिड संक्रमित

काठमाडौं साउन २५,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड संक्रमितको कोभिड संक्रमणका कारण मृत्यु हुनेको सख्या ७५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वोर गौतमले कास्कीको पोखरा महानगरपालिकाका ६२ वर्षीय एक पुरूष र पर्सा वीरगञ्जकी २० वर्षीया महिलाको मृत्यु भएको पुष्टिगरेसंगै मृतकको सख्या ७५ पुगेको  हो ।

त्यस्तै प्रवक्ता डा गातमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ८ हजार ५ सय १५ वटा पिसिआर परीक्षणको क्रममा काठमाडौंमा ९०, ललितपुरमा २ गरि ९२ जना सहित ३ सय ८० जना संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको जानकारीदिनुभएको छ ।

साथै उहाँले आज ४० जना संक्रमण मुक्त हुँदै डिस्चार्जभइसंगै संक्रमण मुक्त हुनेको संख्या १६ हजार ३ सय ५३ पुगेको जानकारी दिदै ११ हजार ३८ जना क्वारेन्टिनमा र ६ हजार ५ सय ४४ जना आइसोलेसनमा र ११ हजार ३८ जना क्वारिन्टिनमा रहेका जानकारी दिनुभएको छ।

यसैवीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गत शुक्रबार कर्मचारीहरूको स्वाब सङ्कलनसतिह गरिएको परीक्षणको क्रममा मन्त्रालयका ४ जना कर्मचारीमा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ । संक्रमित पुष्टि हुनेमा मन्त्रालयका चालक र सहयोगी रहेको मन्त्रालयले जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।