शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका ६२ सहित देशभरी ३ सय ७८ कोभिड संक्रमित थपिए, संक्रमणबाट ७३ को मृत्यु

काठमाडौं साउन २४ ,

शनिबार देशका विभिन्न प्रयोगशालामा ७ हजार ७८८ वटा पिसिआर परीक्षण गर्दा काठमाडौंका ५६ र ललितपुरका ३, भक्तपुरका ३ जना समेत गरि उपत्यकामा ६२ जना सहित देशभरी ३ सय ७८ जना कोभिड संक्रमित थपिएका छन ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रणका कारण थप ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षिय महिला यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ३ छप्कैयाका ७४ वर्षिय वृद्ध र मोरङको वीराटनगर महानगरपालिका ९ का ५८ वर्षका पुरुष रहेको जनाएको छ । यो सँगै संक्रमण बाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

त्यस्तै प्रवक्ता गौतमले देशभरीका क्वारेन्टिनमा १० हजार ७ सय ९२ जना त्यस्तै ६ हजार २ सय ६ जना सक्रिय संक्रमित रहेको जानकारी दिनुभयो । साथै देशका विभिन्न अस्पतालबाट ४ सय ९९ जना संक्रमित उपचारपछि डिस्चार्ज भएसंगै आजसम्म १६ हजार ३ सय १३ जना संक्रमित डिस्चार्ज भएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।