शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका १ सय ३४ सहित ६ सय ३८ नयाँ कोभिड संक्रमितको पहिचान , थप चारको मृत्यु

काठमाडौं साउन २७ ,

पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको १० हजार ४ सय ६५ पीसीआर परिक्षणमा काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ गरि उपत्यकाका १ सय ३४ सहित ६ सय ३८ नयाँ कोभिड संक्रमित थपिएका छन् । योसँगै नेपालका संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छने उपत्यकामा १ हजार ३ सय १४ जना संक्रमित पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकोछ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालबाट १ सय ७१ जना उपचारपछि डिस्चार्ज भएसंगै कोभिड संक्रमणमुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेको जनाउदै मन्त्रालयले देशभरका विभिन्न आइसोलेसनमा ७ हजार २ सय एक जना त्यस्तै देशभरि २ सय २४ संक्रमित होम आइसोलेशनमा र गम्भीर समस्या भएका ८३ संक्रमितको सघन उपचार कक्षमा उपचार भैरहेको जानकारीदिएको छ। साथै यसमध्ये ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयका प्रवक्ताले जानकारी दिनु भएको छ ।

त्यस्तै संक्रमणका कारण थप चार जनाको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ८३ पुगेको मन्त्तालयले छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।