मङ्लबार, बैशाख ४, २०८१

उपत्यकाका १८२ सहित थप ८३८ जनामा कोभिड संक्रमण पुष्टि, ११को मृत्यु

काठमाडौं भाद्र ५ ,

शुक्रबार देशका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ५८९ वटा नमुना पिसिआर परीक्षणको क्रममा काठमाडौंका १४२, ललितपुरका २५ र भक्तपुरका १५ गरि १८२ सहित थप ८३८ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले क्वारेन्टाइनमा रहनेको संख्या १२ हजार २३४ जना रहेको त्यस्तै संक्रमित सक्रिय सख्या १२ हजार १३४ जना रहेको र सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार ५८६ रहेको जानकारीदिनुभएकोछ । त्यस्तै संक्रमितमध्ये १५ जना भेन्टिलेटर र १३३ जनाको आईसियूमा उपचार भैरहेको जानकारी दिदै उहाँले पछिल्लो २४ घण्टामा २५० जना संक्रमण मुक्त भएसंगै डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको बताउनभयो ।

साथै हाँले पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण्  काठमाडौं, ललितपुर ,मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही,, चितवन, मकवानपुर र प्युठानका १ –१ जना पुरुष र दोलखाकी एक महिला गरि ११ जनाको मृत्यु भएसंगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।