बुधबार, बैशाख १२, २०८१

५० रुपैयाँको नयाँ नोट आजबाट बजारमा

काठमाडौं असार २२ नेपाल राष्ट्र बैंकले ५० रुपैयाँको नयाँ नोट आजबाट चल्तीमा ल्याएको छ । साविककै आकार, प्रकार तथा रङमा थप बिशेषतासहितको नयाँ नोट बजारमा आएको हो । कुल २४ करोड थान ५० का नयाँ नोट छापिएकोमा आजबाट ७ करोड थान बजारमा आएको राष्ट्र बैंकले जनाएको छ ।

बैकका अनुसार हिउँचितुवाको चित्र सहित नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप सहित नोटको तल्लो भागको बोर्डरमा सिरियल नम्बर र नेपालीमा विसं २०७५ लेखिएको पूर्व गभर्नर डा चिरञ्जिवी नेपालको हस्ताक्षर रहेको राष्ट्र बैंकले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।